• २०८३ बैशाख ३० गते बुधवार

दाङको राप्ती नदीको किनारमा महिलाको बेवारिसे शब फेला

सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

भदौ १७,  दाङ । दाङको राप्ती गाउँपालिका वडा नम्बर २ अन्तर्गत पर्ने कटाहाघाटमा अन्दाजी ४५ बर्षिया महिलाको शब भेटिएको हो । बुधबार बिहान ८ बजे स्थानीयले राप्ती नदीको किनारमा बगाएर ल्याएको दाउरा बटुल्न गएका बेला नदी किनारमा महिलाको शब देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

शबको पहिचान हुन सकेको छैन तर त्यो शब कहाँबाट आयो, कस्को हो भन्ने बारे अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख गंगाबहादुर सारूले जानकारी दिए ।

Sharing

प्रतिक्रिया दिनुहोस