भदौ १७,कपिलवस्तु । बुटवलको कोरोना विशेष अस्पतालमा थप एक संक्रमित महिलाको मृत्यु भएको छ । लुम्बिनी प्रदेशिक अस्पतल अन्र्तगत रहेको कोरोना विशेष अस्पतालमा कपिलबस्तुको कृष्ण नगरपालिका–११ की ६० वर्षीया महिला बुधबार बिहान ९ मृत्यु भएको अस्पतालमा फोलक पर्सन डा सुर्दशन थापाले रातोपाटीलाई जानकारी दिए ।

रूपन्देहीमा गत राति नै भैरहवाको भीम अस्पतालमा उपचाररत नवलपरासीकी ६५ वर्षीया महिलाको मृत्यु भएको थियो । महिलालाई खोकी लाग्ने समस्या देखिएपछि बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल ल्याइएको थियो । बुटवलमा आईसीयू बेड खाली नभएपछि १५ गते भीम अस्पतालमा रिफर गरि आईसीयुमा राखेर उपचार गर्दा गर्दे मृत्यु भएको डा. पोख्रेलले बताए । ती संक्रमितलाई उच्च रक्तचाप र मधुमेहको पनि समस्या थियो । मृत्तक महिलाको शव व्यवस्थापको विषयमा छलफल भइरहेको छ ।