असार १८, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा नेपालमा थप ४ सय ७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यो सगैं नेपालमा कोरोना संक्रमितको कूल संख्या १४ हजार ५१९ पुगेको छ।
मन्त्रालयका अनुसार थप कोरोना संक्रमितमा १०९ महिला र ३६४ पुरुष रहेका छन् । कोरोना संक्रमण निको भएर ५ हजार ३ सय २० जना घर फर्किएका छन् ।