वि.सं.२०७७जेठ- २०, मंगलवार,ई.सं. २०२० जून -२ ,शक संवत्-१९४२,नेपाल संवत्-११४० तछलाथ्व, प्रमादी, उत्तरायण, ग्रीष्म, ज्येष्ठ शुक्लपक्ष तिथि-एकादशी , ०९:५६ बजे उप्रान्त द्वादशी,नक्षत्र-चित्रा , २१:३३ बजे उप्रान्त स्वाती,योग-व्यतीपात , ०८:४० बजे उप्रान्त वरियान्,करण-भद्रा ०९:५६ बजेदेखि वव , २०:४२ बजे उप्रान्त तैतिल,चन्द्रराशि-कन्या,आनन्दादि योग-ध्वांक्ष, सूर्योदय-०५:१०, सूर्यास्त, १८:५४, दिनमान – ३४ घडी २० पला ।व्रत/पर्व-निर्जला एकादशी व्रत। तुलसीबीजरोपण (तुलसीको दल राख्ने दिवस), द्विपुष्कर योग ९:५६ देखि २१:३३ बजेसम्म।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
व्यापार, पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ,गोपनीयतामा ख्याल गर्नु होला,मनले सोचेको काम पुरा हुनेछ ,स्वास्थ्यमा समस्या आउने छ,आजको शुभ अंक १० रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ,आर्थिकमा रुपमा सफल भइनेछ ,शत्रु हावी हुनेछन ,यात्रामा विचार पुराउनु होला,आजको शुभ अंक ८ रहेको छ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन्,साथी भाइको विश्वास पर्दा आत्मा घाती हुनेछ,यात्रा घातक बन्ने छ ,आजको शुभ अंक ७ रहेको छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
आफन्तको विश्वास पर्दा धोका हुनेछ,भावना बुझ्न नसक्दा शुभचिन्तकहरू टाढिन सक्छन्,साझे दारीको काममा संकट आउनेछ,आजको शुभ अंक ९ रहेको छ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आम्दानी रोकिनाले कर्जाको रकम लिनुपर्ने हुन सक्छ,लामो समय देखि तनाव रहेको काम बन्ने योग देखिन्छ,बोलीको अनर्थ लाग्न सक्छ,आजको शुभ अंक ३ रहेको छ ।
कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ,आफ्नै बुद्दि विवेक ले गरेको काम सफल हुनेछ,मनमा कुरा खेलाउदा काम बिग्रिन सक्छन,
आजको शुभ अंक २ रहेको छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
गुप्त रोगले सताउने छ,स्वास्थ्यका लागि व्यायाम र खानपानमा ध्यान पुर्याउनुहोला,काम गर्दा अपमानित हुनुपर्ला, गुप्त रोगले सताउने छ,आजको शुभ अंक ५ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
आलस्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ,तातो रिस गर्नाले काम बिग्रिनेछ,सन्तान पक्षमा खुशीको योग छ,मनको इच्छा पुरा हुनेछ , आजको शुभ अंक ११ रहेको छ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ,किनमेल गर्दा सजग रहनु होला,सुरक्षाकर्मी बाट अपमानित हुनुपर्ला, समय राम्रो छ ,सत्यको बिजय हुनेछ ,आजको शुभ अंक ४ रहेको छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ, बोलीको उचित सम्मान हुनेछ,दैनिकी कार्यमा अबरोध आउनेछ, परिवारमा रमाइलो हुनेछ ,आजको शुभ अंक ५ रहेको छ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
छर–छिमेकमा असमझदारी देखिनेछ भने बेसुरको काममा अलमलिनुपर्ला,शारीरिक मानसिक पिडा बढ्ने छ,सामाजिक क्षेत्र मन जानेछ ,आजको शुभ अंक ८ रहेको छ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ,खानेकुरामा विचार पुराउनु होला,दाजु भाई बीच मनमुटाव हुनेछ, बोलीमा विचार पुराउनु होला, आजको शुभ अंक १ रहेको छ । राशिफलमा जे जस्तो भय पनि तपाईको दिन शुभ रहोस् ।