• २०८३ बैशाख ३१ गते बिहिवार

स्मार्ट लाइसेन्स छपाइ सुस्त;लाइसेन्स पाउन अझै ६ महिना

पढ्न लाग्ने समय : १ मिनेट

पौष १७,काठमाडौँ । सवारी ठूला तथा साना चलाउनका लागि आवश्यक पर्ने लाइसेन्स पाउन अझै ६ महिना कुर्नुपर्ने भएको छ । लाइसेन्स छपाइमा ढिलाइ हुँदा लामो समयदेखि सवारी सञ्चालकले कागजी रसिदको भरमा सवारी चलाउन बाध्य हुँदै आएका छन् ।

सरकारले स्मार्ट लाइसेन्स छपाइमा चासो नदिँदा लाइसेन्सका लागि आवेदन दिएका आवेदकले अझै ६ महिनासम्म कुर्नुपर्ने भएको हो, यातायात व्यवस्था विभागमा स्मार्ट लाइसेन्स प्रिन्ट गर्ने ठूलो क्षमताको मेसिन ल्याएको तीन महिनापछि सञ्चालनमा ल्याइएको छ । तर, क्षमताभन्दा आधा मात्र छपाइ भइरहेको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

Sharing

प्रतिक्रिया दिनुहोस