पौष, १७ जनकपुरधाम। भारतका केन्द्रीय संस्क़ृति तथा पर्यटन राज्यमन्त्री प्रह्लाद पटेल जनकपुर भ्रमणमा आइपुगेका छन् ।

नेपाल भ्रमण वर्ष २०२० को पहिलो दिन भारतको प्रतिनिधित्व गर्दै नेपालमा आएका मन्त्री पटेल जानकी मन्दिर दर्शन गर्न आज जनकपुर आएका हुन् ।
नेपाली सेनाकाे हेलीकप्टरबाट दिउँसाे १२:०५ बजे जनकपुर विमानस्थल आएका पर्यटन मन्त्री पटेललाई नेपाल भ्रमण वर्ष- २०२० प्रदेश- २ समन्वय समितिका संयोजक मनीष झाले स्वागत गरेका थिए ।