• २०८३ जेष्ठ २६ गते मङ्गलवार

सालकको खपटासहित दुई जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १६, काठमाडौँ । प्रहरीले बहुमूल्य वन्यजन्तु सालकको खपटासहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त सिंहदरबारको टोलीले काठमाडौँ महानगरपालिका २९ स्थित मैतीदेवी पेट्रोलपम्प नजिक गुडिरहेको बा २ज ६५७ नं को भाडाको ट्याक्सीमा सालकको खपटा ओसारपसार गरिरहेको अवस्थामा सोमबार पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले सालकको खपटा ओसारपसार गरेको अभियोगमा सिन्धुपाल्चोकका राम मिजार र सोही जिल्लाका  नवराज मिजारलाई पक्राउ गरिएको जानकारी दिए ।

प्रहरीले नवराज मिजारले बोकेको कालो झोलामा रहेको ४.४५ ग्राम खपटासमेत बरामद गरेको छ । पक्राउ परेका दुवै जनासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस