• २०८३ मङ्सिर ४ गते बिहिवार

स्कुटर दुर्घटनास् एकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १६, भक्तपुर। भक्तपुरको एसओएस चोकमा स्कुटर दुर्घटना हुदा चालकको मृत्यु भएको छ । गएराति थिमि नगरपालिका वडा नम्बर ४ मा पर्ने एसओएस चोकमा बा ७३ प ३८२ नम्बरको स्कुटर पल्टिँदा भक्तपुरमै बस्ने २९ वर्षका राजु तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका तामाङलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । सो घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस