• २०८३ कार्तिक २३ गते आइतवार

लाठी प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १६, दार्चुला । लेकम गाउँपालिका ४ टक्ना बस्ने ४८ वर्षीय तेज बहादुर पालको लाठी प्रहार गरी हत्या गरेको अभियोगमा रमेश पाललाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

रमेशले लाठीले प्रहार गर्दा तेज बहादुरको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रिठाचौपाता र ईलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस