कार्तिक १६, ललितपुर । ललितपुरबाट १८ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार राति ११ लाख ५५ हजार ५७५ नगदसहित ललितपुरको महालक्ष्मी नगरपालिका– ७ चाङ्गाथलीका शंकर बस्नेतको घरमा जुवा खेलिरहेको अबस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनीहरुको साथबाट ११ लाख ५५ हजार ५७५ नगद र जुवातास खेल्न प्रयोग गरेको १६ पिस कौडा समेत बरामद गरिएको छ । पक्राउ पर्नेमा भक्तपुर जिल्ला सूर्यविनायक–२ का वर्ष ४९ का सुरेश पौडेल, वर्ष ४३ का पूर्णकृष्ण श्रेष्ठ, वर्ष ३६ का विकास श्रेष्ठ, वर्ष ४३ का केशव बस्नेत, वर्ष ५७ का मधुसुदन महत, वर्ष ४३ का पवन खत्री वर्ष ५४ का श्याम कायस्थ रहेका छन् ।
त्यस्तै ललितपुर महालक्ष्मी–५ का वर्ष ५४ का भुवन रानामगर, बेल बहादुर बुढाथोकी, वर्ष ४६ का विशबहादुर बुढाथोकी, वर्ष ४३ का सन्तोष रानामगर, महालक्ष्मी–७ बस्ने वर्ष ४३ दिप श्रेष्ठ, वर्ष ५४ का शंकर बस्नेत, वर्ष ४५ का भरत थापा, वर्ष ४० को राजाराम बस्नेत, वर्ष ५० को राजन महजन र काठमाडौँ–३२ बस्ने वर्ष ४९ का गोकुल खड्का छन् । पक्राउ परेकाहरुलाई तास, जुवा ऐनअन्तर्गत कारबाही हुने प्रहरीले जनाएको छ ।