• २०८३ मङ्सिर ८ गते सोमवार

नक्कली प्रहरी निरीक्षक हुँ भनी पोशाकमै ठगी गर्ने मानिस पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

असोज १५, पर्सा । नेपाल प्रहरीले नक्कली प्रहरी निरीक्षक हुँ भनी पोशाकमै ठगी गर्ने मानिस पक्राउ गरेको छ । बीरगंज महानगरपालिका वडा नं १६ स्थितमा रहेको देव पार्टी प्यालेसमा लोक सेवा आयोगबाट हुने प्रहरी सहायक निरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक र खरिदारको लिखित परीक्षा संचालन भइरहेको छ भन्ने बिशेष सूचनाको आधारमा प्रहरी कार्यालय तथा मातहत वडा प्रहरी कार्यालय विर्ताबाट प्रहरी अधिकृत समेतको प्रहरी टोली खटि गई सोधपुछ गर्दा उक्त स्थानमा बारा, पर्सा र सर्लाही समेतका परीक्षार्थी २१ जना सम्मिलित रहेको र सो परीक्षा संचालनमा सहयोग गर्ने प्रयोजनको लागि बिभिन्न व्यक्तिहरुलाई फोन गरी बोलाएको, उक्त परीक्षा दिने परीक्षार्थीहरुसंग नेपाल प्रहरी सहायक निरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक र निजामति खरिदार समेतमा जागिर लगाई दिन्छु भनी विगत ९ महिना देखि ठगि गरेको खुलेका हो ।

प्रहरी चौकी परवानीपुर, ईलाका प्रहरी कार्यालय नगवा पर्सामा गई म प्रहरी निरीक्षक हुँ भनी परिचय समेत दिदै हिडेका बारा जितपुर सिमरा उ.म.न.पा.वडा नं.७ चौधरी टोल बस्ने २९ वर्षिया अजय कुमार रायलाई प्रहरी निरीक्षक पोशाकमा नक्कली प्रहरी सहायक निरीक्षकको प्रवेश पत्र थान २, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक पदको प्रवेश पत्र थान २१, र प्रश्न पत्र थान २६, खरिदारको प्रवेश पत्र थान१ सहित प्रहरी निरीक्षक पोशाकमै पक्राउ गरिएको हो ।

उनले जि.प्र.का. बाराबाट मिति २०७२ सालमा सरकारी छाप दस्तखत किर्ते मुद्दामा पुर्पक्षको लागि ११० दिन बीरगंज कारागार कैद सजाय भुक्तान गरेका थिए । उनिसगं उक्त परीक्षा हलबाटै बारा जितपुर सिमरा उ.म.न.पा. वडा नं. ५ बस्ने बर्ष ५७ को हिरालाल महतो, बर्ष २८ को बसन्त चौधरी, पर्सा बी.म.न.पा. वडा नं. १६ बस्ने बर्ष २१ को रवि कुमार चौरसिया, पकाहामैनपुर गा. प. वडा नं।५ सबैठवा बस्ने बर्ष ४७ को शिव नारायण चौरसिया, बी.म.न.पा. वडा नं.२७ रानीघाट बस्ने बर्ष २५ को रामजी चौरसिया समेतलाई नियन्त्रणमा लिइएको छ । उनिहरुले उक्त परीक्षा दिने बारा कोल्बी न.पा.वडा नं.७ धोधरपा बस्ने बर्ष २१ को राजेश रामसंग रु. २०,०००।–, पर्सा बी.म.न.पा. वडा नं.२ छप्कैया बस्ने बर्ष २३ को सुनिल महतोसंग रू.१,०००।–, पर्सा बहुदरमाई न.पा.वडा नं.४ बस्ने बर्ष २३ को जितेन्द्र महतोसंग रु.१,०००।–, पर्सा पर्सागढी न।पा।वडा नं.१ बस्ने बर्ष २६ को रामकिशोर राई थारुसंग रु १,०००।–, पर्सा बी.म.न.पा.वडा नं.३१ बस्ने बर्ष २६ को सुनिल शर्मासंग रु.२६,०००।–, बर्ष २७ को सन्तोष रामसंग रु।२५,०००।–, बर्ष २६ को अशोक साह तेलीसंग रु.२१,०००।–, बारा जितपुर, सिमरा उ.म.न.पा. वडा नं.११ बस्ने बर्ष २८ को राम प्रवेश रामसंग रु.२१,०००।–, पर्सा बी.म.न.पा. वडा नं.३२ बस्ने बर्ष २५ को राजन कुमार पटेलसंग रु.३५,०००।–, बारा जितपुर सिमरा उ.म.न.पा.वडा नं.७ बस्ने बर्ष २१ को शत्रुधन साह कलवारसंग रु.१५,०००।–, पर्सा छिपहरमाई गा.पा.वडा नं.१ बस्ने बर्ष १९ को संजय कुमार साहसंग रु।२४,०००।–, पर्सा पकाहामैनपुर गा.पा. वडा नं.४ बस्ने बर्ष १९ को राकेश चौरसियासंग रु.१,५०,०००।– र पर्सा बी.म.न.पा.वडा नं.१६ बस्ने बर्ष २० को अरबिन्द कुमार चौरसियासंग रु.२१,०००। ( ठगि गरेका हुन । उनिहरुले जम्मा रु.३,६१,०००।– (तिन लाख एकसठ्ठी हजार) रकम व्यक्तिहरुसंग रकम झुक्याई जागिर लगाई दिन्छु भनी प्रलोभनमा पारी ठगी गरेको थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस