• २०८३ जेष्ठ ९ गते शनिवार

धरानमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १६ ,धरान  । धरान उपमहानगरपालिका-११ बस्दै आएका ६५ वर्षीय पुरुषमा मृत्युपछि को’रोना संक्रमण पुष्टि भएको हो ।कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएका कारण मृतकको मंगलबार बिहान स्वाब संकलन गरिएको थियो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा जाँच गर्दा पोजेटिभ रिपोर्ट आएको धरान उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।

प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले मृ’त्युपछि स्वाब संकलन गरिएका पुरुषको रिपोर्ट पोजेटिभ आएको बताए । मृतकमा ज्वरो र निमोनियाको समस्या देखिएको थियो । धरानमा कोरोना संक्रमितको संख्या १७० छ । तीमध्ये ६० जना संक्रमण मुक्त भएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस