• २०८३ जेष्ठ २३ गते शनिवार

डब्ल्यूएचओद्वारा कोरोनाविरुद्धको भ्याक्सिनलाई अनुमति दिन हतार नगर्न आग्रह

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १६, काठमाडौँ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको भ्याक्सिनलाई अनुमति दिने प्रक्रियालाई गम्भीरताका साथ लिन सबै देशहरुलाई आग्रह गरेको छ । संयुक्त राष्ट्रको स्वास्थ्य संगठनकी मुख्य वैज्ञानिक स्वामीनाथनले पत्रकारसँगको कुराकानीमा भनेकी छन्, ‘कुनै पनि देशले ट्रायल पूरा नगरी पनि भ्याक्सिनलाई मञ्जुरी दिन सक्छन् । तर, यो कुनै खेलाँची गर्ने विषय होइन ।’

डब्ल्यूएचओका अनुसार यतिबेला ३३ भ्याक्सिनको क्लिनिकल ट्रायल चलिरहेको जबकी १४३ खोप अहिले पनि प्रि–क्लिनिकल इभ्यालुएसनको चरणमा छन् । यसबाहेक विश्व स्वास्थ्य संगठनले पर्याप्त प्रबन्ध बिना लकडाउन हटाइरहेका देशलाई पनि चेतावनी दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस