• २०८३ असोज १३ गते मङ्गलवार

५ जना स्वास्थ्यकर्मिले कोरोना जिते, कोरोना जित्नेको संख्या १२

राजेन्द्र बहादुर रोकाया पढ्न लाग्ने समय : १ मिनेट

असार १७, बाजुरा । बडिमालिका नगरपालिकाका ४ जना स्वास्थ्यकर्मि र स्वास्थ्य कार्यलय बाजुराका १ जना स्वास्थ्यकर्मि गरि ५ जनाले कोरोना जितेका छन् । दोस्रो रिपोट नेगेटिभ आएपछि पाँच जना स्वास्थ्यकर्मिले कोरोना जितेका हुन ।

पहिलो रिर्पोटमा कोरना सक्रमित भएका ५ जना स्वास्थ्यकर्मीलाइ होटलको आइसोलेसनमा राखिएको थियो । यो भन्दा पहिला अस्पताल कि कोरोना पोजेटिभ एक १९ बर्षिय स्वास्थ्यकर्मीले पनि कोरोना जितेको जिल्ला स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । कोरोना जितेका ५ जना स्वास्थ्यकर्मिको जेठ १९ गते स्वाब संकलन गरिएको थियो भने उनीहरुको ४ गते पहिलो कोरोना पोजेटिभ आएको थियो । दोस्रो जाँच नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्र्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताउनु भएको ।

उहाँका अनुशार बाजुरामा ७ जना स्वास्थ्यकर्मि संक्रमित मध्ये ६ जनालाइ सञ्चो भइसकेको छ भने १ जना आइसोलेसनमा रहेका बताउनु भयो । यो संगै जिल्ला कोरना निको हुनेको सख्याँ १२ पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस