• २०८२ जेष्ठ ३० गते बिहिवार

मुगुमा कोरोना परिक्षण गर्न पिसिआर मेसिन ल्याईने

खड्क सुनार पढ्न लाग्ने समय : ३ मिनेट

असार १७, मुगु । चालु आर्थिक बर्षका लागी विनियोजित खर्च हुन नसकेको रकमबाट जिल्लामा पिसिआर मेसिन खरिद गरिने भएको छ । संघिय साँसद स्थानिय पुर्वाधार साझेदारी कार्यक्रम अन्तरगत जिल्लाका चार वटै स्थानिय निकायहरुमा यो आ.व मा विनियोजन भएको खर्च हुन नसकेको रकमबाट मुगु जिल्ला मै कोरोना परिक्षण गर्न पिसिआर मेसिन खरिद गर्ने निर्णय भएको हो ।

स्थानिय पुर्वाधार विकास साझेदारी कार्यक्रम संचालन कार्यविधी २०७६ को तेश्राे संशोधन नियमावलीमा भएको संशोधन बमोजिम जिल्लामा रहेका पालिकाहरुले साझेदारी कार्यक्रम अन्तरगत विनियोजित भएको रकम मध्य खर्च हुन नसकिनी बचत हुन आएको रकम चालु आ.वको असार १५ सम्म सम्वन्धित पालिकाको कोडिभ १९ को व्यवस्थापनका लागी खोलीएको प्रकोप व्यवस्थापन कोषमा जम्मा गर्न र सो रकम कोभिड १९ रोकथाम,नियन्त्रण,निदान र उपचारमा मात्र खर्च गर्नु भन्ने २०७७ असार ३ गतेको मन्त्रीपरिषदबाट कार्यविधी संशोधित भै पत्रचार भएकाले सोहि रकमबाट जिल्ला पिसिआर मेसिन खरिद गर्ने निर्णय भएको हो ।

कार्यक्रमका निर्देशक समितीका संयोजक एवं मुगु जिल्लाबाट संघिय संसदका लागी निर्वाचित सांसद गोपाल बहादुर बमको संयोकत्व र समन्वय प्रमुख पुर्ण बहादुर रोकाया, प्रजिअ कृष्ण कुमार निरौला, प्रनाउ भुवनेश्वर साह,उद्योग बाणिज्य संघ मुगुका अध्यक्ष कमल बुढा, रेडक्रस सभापती जय बहादुर मल्ल ,जिल्ला अस्पताल प्रमुख डाक्टर निर्मल नगरकोटी, नेपाली काँग्रेस मुगु जिल्ला सभापती खड्क बहादुर शाही, नेकपा प्रतिनिधी मंगल बहादुर शाही सहितको आईतबार बसेको बैठकले स्थानिय तहहरुमा बचेको रकमबाट कोरोना परिक्षण मेसिन,एम्वुलेन्स,भिटिएम किड,व्यवस्थापन खर्च व्यवस्थापन गर्ने निर्णय भएको जिल्ला समन्वय अधिकारी भिम सेजुवालले बताउनु भयो ।

शनिबार बसेको काँगे्रस र नेकपा पाटीको संयुक्त बैठकमा काँग्रेस सभापती खड्क बहादुर शाहीले जिल्ला मै पिसिआर मेसिन खरिद गर्नु पर्ने सुझाव दिएपछि नेकपाका नेताहरुले यो निर्णयमा सहमती जनाउदै सो्रत खोज्न लाग्ने र स्थानिय पुर्वाधार साझेदारी कार्यक्रमबाट बचेको रकमबाट खरिद गर्न संयोजन समितीका संयोजक गोपाल बहादुर बमलाई आग्रह गर्ने निर्णय गरेको थियो । सोहि निर्णय अनुसार माननिय बमलाई आग्रह गर्दा सहमत भै पिसिआर तथा अन्य सामग्रीहरु खरिद गर्ने निर्णय भएको नेपाली काँग्रेस मुगुका सभापती खड्क बहादुर शाहीले बताउनु भयो । सांसद बमका अनुसार यो बर्ष जिल्लामा रहेका चार वटा स्थानिय तहहरुबाट १ करोड ८४ लाख ७२ हजार २०० रकम खर्च हुन नसकि बचत भएको छ । जसमा छायाँनाथ रारा नगरपालिकामा ६० लाख ७२ हजार २००,मुगुम कार्मारोङ्ग गाँउपालिकाबाट ६० लाख,खत्याड गाँउपालिकाबाट ४९ लाख र सोरु गाँउपालिका बाट १५ लाख खर्च हुन नसकि बचत छ ।

कोरोना भाईरसले विश्व आक्रान्त भै नेपाल पनि अछुतो नरहेको बेला जिल्लामा संकलन हुन स्वाव परिक्षण गर्न २-३ दिन लगाएर जुम्ला, सुर्खेत लिनुपर्ने र त्यहाँ पनि पालोमा बस्नु पर्ने भएकाले स्थानिय जनताहरु त्रासमा बस्नुपर्ने बाध्यता नहोस भनेर जिल्ला मै पिसिआर मेसिन खरिदका लागी आफुले सहमती दिएको सांसद बमले बताउनु भयो । निर्णय अनुसार चारवटै स्थानिय तहरुले आफना प्रकोप व्यवस्थापन कोषमा जम्मा भएको यो कार्यक्रमको रकम छायाँनाथ रारा नगरपालिकाको प्रकोप कोषमा जम्मा गर्ने र नगरपालिकाले पिसिआर मेसिन खरिदका लागी छोटो बाटोबाट सुचना प्रकाशित गरि मेसिन खरिद गरेर जिल्ला अस्पताल मुगुलाई हस्तान्तरण गर्ने भएको छ । पिसिआर मेसिन खरिद गर्न १ करोड ३० लाख, ३ एम्बुलेन्स खरिद गर्न ३६ लाख, भिटिएम किड खरिद गर्न ६ लाख,प्राविधिक खर्च ६ लाख ७२ हजार २ सय र स्वास्थ्य उपकरण रातापानी स्वास्थ्य केन्द्रका लागी ६ लाख छुटाईएको छ ।

मुगु जिल्लाले आफै मेसिन खरिद गरि ल्याएमा ल्यावमा हाल कार्यरत ल्याव टेक्निसियनहरलाई मेसिन चलाउन भिजुयल तालिम दिने र तालिम दिदा पनि संचालन गर्न नसकेमा हाललाई करारमा टेक्निसियन लिन अनुमती दिने र पछि मन्त्रालयबाट दरबन्धी उपलब्ध गर्ने स्वास्थ्य मन्त्रालय कोभिड शाखा प्रमुख डाक्टर विकास देवकोटाले आश्वासन दिनु भएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस