बैशाख १९,रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिकाको वडा नं १ मा रहेको जनसेवा आधारभुत विद्यालय करेटीको क्वारेन्टाइनमा बसेका नागरिकहरुको लागी समाजसेवी तथा मनकारी हिमाल घर्ती मगरले पाँच हजार रुपैया बराबरको खाद्यान्न सहयोग गर्नु भएको छ ।

घर्तीले चामल, तेल, दाल र हात धुनको लागी सावुन सहयोग गरेको त्रिवेणी गाउँपालिका वडा नं १ का वडा अध्यक्ष देउराम घर्तीमगरले बताउनु भयो ।
जनसेवा विद्यालयको क्वारेन्टाइनमा अहिले ५३ जना हुनुहुन्छ, उहाँहरुको लागि गर्नुभएको यस सहयोग प्रति वडा नं १ परिवारको तर्फबाट समाजसेवी घर्तीलाई धन्यवाद दिन्छौ । अगामी दिनमा सहयोगको समेत अपेक्षा राखेको वडा अध्यक्ष घर्तीले बताउनु भयो ।
कोरानाको महामारीले विश्वलाई नै आक्रान्त पारिरहेको अवस्थामा सबै भन्दा धेरै श्रमजिवी मजदुरहरु मर्कामा परेको हामी सवैलाई अवगत नै छ ,दिनभर काम गरेर साझ बिहान छाक टार्न गारो हुन्छ उहाँहरुको लागि मैले दिएको सहयाेग त्यती ठुलो त नहुन सक्छ तर केही छाकको लागि भएपनि सहजहोस भनेर सहयोग गरेको समाजसेवी हिमाल घर्तीमगरले बताउनु भयो ।
त्रिवेणी गाउँपालिकाकामा जनमनु भएका हिमाल घर्तीमगर कोष तथा लेखा नियन्त्रण कार्यालय रोल्पामा लेखापाल पदमा कार्यरत हुनुहुन्छ । लेखापाल घर्ती समाजसेवामा रुचि राख्ने व्यक्ति समेत हुनुहुन्छ ।