बैशाख १९, उदपपुर । उदयपुरमा क्वारेन्टाईनमा बसिरहेका एक युवाले गएराति झुण्डिएर अात्महत्या गरेका छन् । उदयपुरकाे राैतामाई गाउपालिका ७ गुराँसेका १८ वर्षिय सुमन विकले अात्महत्या गरेकाे गाउपालिका अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताउनुभयाे ।
काठमाडाैबाट गाउँ अाएका उनि र उनको श्रीमती गाउपालिका- ७ राजावास स्थित गाउँ नजिकैकाे क्वारेन्टाईनमा बस्दै आएका थिए । उनि गत ११ गतेदेखि करेन्टाईनमा थिए । श्रीमती निदाएकाे बेला राती विकले श्रीमतीकै सलमा झुण्डिएर अात्महत्या गरेकाे बताइएकाे छ । उनले अात्महत्या गर्नुकाे कारण खुलेकाे छैन ।