बैशाख १९, काठमाडौं । आज मे १, अन्तर्राष्ट्रिय श्रमिक दिवस । विस्वभरीका श्रमिकहरु आफ्नो हक हितको लागि एकजुट भएको दिन हो आज ।
हुनेखाने र हुंदाखाने बर्गको अन्तर्य र पहिचानको मार्ग पहिल्याउने दिनकोरुपमा पनि चिनिन्छ यो श्रमिक दिवसलाइ । श्रमिकहरु, जसको पसिना र रगतले सन्सारको भाग्यरेखा कोरिएको हुन्छ , अनि उनिहरुको जागरले सदैब सदासयता देखाइरहेको हुन्छ तरपनि समाजबाट उहीँ बर्ग उपेक्षित हुन्छ । हुनेखाने वर्गबाट सधै शोषित हुनुपर्ने बाध्यताले सन्सारका सबै मजदुरहरु एक भइ आफ्नो हक हितको लागि सदैब लड्न तत्पर हुने र परिश्रमी हातहरुका दस नङ्गा सघर्षको मैदानमा खियाउने यो बर्ग साच्चै नै सुख सयल र हरेक सुबिधाबाट सधै नै बन्चित रहि रह्यो ।
त्यसैले त एकता नै बल हो भन्ने सम्झी आजको दिन श्रमिकहरुको लागि महत्वपुर्ण दिनकोरुपमा स्थापित भएको छ । त्यसैले परिश्रमका हातहरु कहिलै सिथिल नहुन, जोस र जांगर सदैब रहिरहोस, श्रमिककै नाममा भएका कयौं बर्ग सघर्षका कथाहरु कुनै ब्यक्ति विशेष र पारिवारिक घेरामा सिमाबन्दी नहोस , श्रमिकको नाममा राजनैतिक कित्ता काट गरि पद, पावर र पैसाको वरिपरि रुमलिइरहने नेतृत्वको लागि श्रमिकको वास्तविक पहिचान गर्ने चेतना होस, जहां श्रमको उच्च मुल्यान्कन हुन्छ, त्यहां सबै श्रमिकको वास्तविक पहिचान हुन्छ भन्ने मान्यतालाइ नेतृत्वले पनि बुझ्ने कोशिस गरून् । सबैमा उत्तरोतर प्रगतिको शुभकामना ।