• २०८३ बैशाख ६ गते आइतवार

सुनबल नगरपालिकाले निकाल्यो खाद्यान्न किन्नका लागि टेण्डर

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १९, सुनबल । लकडाउनको अवस्थामा दैनिक ज्यालादारी गर्ने पिडीत परिवारका लागि खाद्यान्न वितरण गर्नका लागि सुनबल नगरपालिकाले टेण्डर जारी गरेको छ ।

विश्वभर महामारी प्रकोपका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोक्ननका लागि सुनवल नगरपालिकाले चैत १० गते राति १२ बजे देखि आफ्नो नगरपालिकामा लकडाउन गरेको थियो । नेपाल सरकारले पनि चैत २५ गतेको समयसम्म लकडाउन गरेको छ । लकडाउनको अबधिमा ज्यालादारी श्रमिकहरु पिडीत हुने भन्दै नगरपालिकाले खाद्यान्न वितरण गर्न खोजेको हो । नगरपालिकाले चैत २० गते दिउसो १ वजे सम्ममा प्रस्ताव पेश गर्ने गरि टेण्डर जारी गरेको हो । नगरपालिकाले जारी गरेकन खाद्यान्नमा चामल, दाल, खाने तेल, नुन र सोयाबिन रहेको छ ।

Notice

Sharing

प्रतिक्रिया दिनुहोस