पुष १९, काठमाडौं । सत्तारुढ दल नेकपा निकट विद्यार्थी अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले केन्द्रीय कमिटीको एकता टुंग्याएको छ। शुक्रबार बसेको बैठकले ३३५ सदस्यीय केन्द्रीय कमिटी रहने गरी टुंग्याएको हो।
साविक अनेरास्ववियुबाट १८० र अनेरास्ववियू (क्रान्तिकारी) बाट १५५ सदस्य रहने गरी केन्द्रीय कमिटी टुंग्याएको हो।जसमा ७७ जिल्लामध्ये तत्कालिन अनेरास्ववियुले ४२ जिल्ला र तत्कालिन अखिल क्रान्तिकारीले ३५ जिल्ला लिने सहमति भएको छ ।
यस्तै ७ प्रदेश मध्ये २, ३ र कर्णाली प्रदेशको नेतृत्व तत्कालिन क्रान्तिकारी र १, गण्डकी , ५ र सुदूरपश्चिम प्रदेशको नेतृत्व अनेरास्ववियुले लिने सहमति भएको छ।
