• २०८३ बैशाख १० गते बिहिवार

सुनिलस्मृति गाउँपालिकाको सातौँ कार्यपालिका बैठक सम्पन्न

पढ्न लाग्ने समय : २ मिनेट

माघ १८, रोल्पा । सुनिलस्मृति गाउँपालिका सुलिचौर रोल्पाको आ.व. २०७६/०७७ को सातौ गाउँ कार्यपालिका बैठक सम्पन्न गरेको छ । गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीको अध्यक्षता शुक्रवार बसेको कार्यपालिका बैठकले महत्वपूर्ण १३ निर्णय गरेको हो ।

शुक्रवार एक विज्ञप्ती जारी गर्दै गाउँपालिका प्रवक्ता नमराज थापाले बैठकका निर्णयहरु सार्वजनिक गर्नुभएको छ । सार्वजनिक गरिएको विज्ञप्तीमा भनिएको छ, गाउँपालिकाको हिउदे गाउँसभा वैठक मिति २०७६/११/२१ गते वस्ने, गाउँपालिका भित्र रहेका घरको अभिलेखिकरण तथा नयाँ घर निर्माणको घर जग्गा नक्सा पास तत्काल अगाडि बढाउने, यस आ.व.मा सञ्चालन हुने योजनाहरु २०७६ फागुन मसान्तसम्मा संझौता गरिसक्नु पर्ने र २०७७ बैशाख मसान्त सम्ममा आवश्यक कागजात सहित भुत्तानी गरिसक्ने गरि सम्बन्धीत प्राविधिक तथा उपभोक्ताहरुलाई निर्देशन गर्ने निर्णय गरिएको छ ।

त्यसैगरि गाउँपालिका भित्र वाल विवाह, वहुविवाह, जाडरक्सी, जुवातास नियन्त्रण गर्न कडाइका साथ लागु गर्ने र वाल विवाह, वहुविवाह जस्ता क्रियाकलापहरुमा जनप्रतिनिधी, कर्मचारी, वुद्धिजिवि, स्वास्थ्यकर्मी, महिला स्वंसेविका, आमा समुहहरुले त्यस्ता प्रकारका निमन्त्रणाहरुलाई पूर्णरुपमा वहिस्कार गर्ने र यसो गरेको पाइएमा गाउँपालिकाले कार्वाहि समेत गर्ने, स्थानीय उत्पादित वस्तुहरुको सवैहरुमा वडा समिति लगाएत वडा भित्र क्रियाशिल सरोकार राख्ने व्यक्तिहरु समेतको वैठकबाट निर्णय गरि दर रेट निर्धारण गरि सोको जानकारी गाउँपालिकामा पठाउने, प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत वडाहरुबाट प्राप्त वेरोजगारहरुको नामावली सूचिकृत गरिएको, वडा स्तरीय कक्षा ५ को बार्षिक परिक्षा वडा समितिको वैठकले निर्धारण गर्ने र गाउँपालिका स्तरीय कक्षा ८ को बार्षिक परिक्षा गाउँ शिक्षा समितिले निर्धाण गरे अनुसार गर्ने, यस आ.व.मा राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता श्री रामेश्वरी माध्यामिक विद्यालय घोडागाउमा सञ्चालन गर्ने निर्णय गरेको छ ।

साथै गाउँपालिका भित्र रहेका सवै वडाहरुमा जेष्ठ नागरिक क्लव गठन गर्ने र वस्ती वस्तीमा जेष्ठ नागरिक चौतारी (प्रतिक्षालय) निर्माण गरि जेष्ठ नागरीकहरुको जिवन कथा, उहाँहरुले लेखिएका, भनिकाकुराहरु टिपोट गर्ने र भजन कृतन गर्ने व्यवस्था समेत मिलाउने, गाउँपालिका भित्र रहेका सवै विद्यालयहरुमा अतिरिक्त क्रियाकलापलाई एकरुप्तामा ल्याउनु पर्ने र सोको लागि शिक्षकहरु छनौट गरि तत्कालै तालिमको व्यवस्थापन गर्ने, गाउँपालिकाको व्याकहो लोडर खरिद प्रकृया सम्पन्न भई तत्कालै प्राप्त हुने भएकोले १ जना चालक नियुक्ति गर्न सूचना प्रकाशन गर्ने, संगठन तथा विकास सर्वेक्षण(O & M) गर्नको लागि विषय विज्ञ परामर्शदाता नियुक्ति गरि सर्वे गराई आगामी गाउँसभामा पेश गर्ने, व्यवसाय दर्ताको लागि हालसम्म घरेलु कार्यालयबाट भई आएकोमा रु ५ लाख लागत भन्दा कमका साना उद्योग व्यवसायहरु गाउँपालिकामा दर्ता गर्नुपर्ने भएकाले तत्कालै कार्यविधि निर्माण गरि दर्ता प्रकृया अगाडि बढाउने निर्णय गरिएको गाउँपालिका प्रवक्ता नमराज थापालाई उदृत गर्दै प्रेस संयोजक आशिष भारद्धाजले जानकारी गराउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस