• २०८३ बैशाख ४ गते शुक्रवार

सुनवल वडा न. ४ मा लक्ष्मिपथ सामुदायिक बिकास केन्द्र भवन निर्माण उपभोक्ता समिती गठन

पढ्न लाग्ने समय : १ मिनेट

पुजा लम्साल

पुष १६, पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको सुनवल वडा न. ४ मा लक्ष्मिपथ सामुदायिक बिकास केन्द्र भवन निर्माण उपभोक्ता समिती गठन गरिएको छ । लक्ष्मिपथ सामुदायिक बिकास केन्द्रको सभाहलमा भएको भेलामा बृहत छलफल गरि नारायण सापकोटाको अध्यक्षतामा ७ सदस्यीय भवन निर्माण उपभोक्ता समिती गठन गरिएको हो ।

जसको सचिबमा रुपा भट्टराई क्षेत्री, कोषाध्यक्षमा शंकर चोखाल रहनुभएको छ । यसैगरि सदस्यहरु क्रमशः सिता रसाइली, प्रदिप अर्याल, रुबिका कवर र योगेश कवर चयन हुनुभएको सुनवल वडा नम्बर १ का वडा सदस्य मन बहादुर थापा मगरले जानकारी दिनुभयो । त्यसैगरि सपना अधिकारी थापा छेत्रीको संयोजकत्वमा ५ सदस्यीय अनुगमन समिती पनि गठन भएको उहाले जानकारी दिनुभयो । जसको सदस्यहरुमा गोबिन्द प्रसाद ढकाल, सन्जय कुमार श्रेष्ठ, भिमा बि क र राधा सापकोटा रहनु भएको छ ।

सामुदायिक बिकास केन्द्रका अध्यक्ष सपना अधिकारी थापा क्षेत्रीको अध्यक्षता तथा सुनवल वडा नम्बर १ का वडा सदस्य मन बहादुर थापा मगरको बिशेष उपस्थितिमा भएको उक्त भेलामा सामुदायिक बिकास केन्द्रका सदस्य, समाजसेवी, बुद्धिजिवी, स्थानियबासि लगायतको सहभागिता रहेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस