• २०८३ बैशाख २७ गते आइतवार

२७ वर्षकी युवतीलाई जङ्गलमा लगेर विष खान प्रस्ताव, नमानेपछि कुटपिट

पढ्न लाग्ने समय : १ मिनेट

माघ १७, इलाम । सन्दकपुर गाउँपालिकास्थित सुलुबुङका एक युवाले विष खान नमानेपछि युवतीलाई कुटपिट गरेर गम्भीर घाइते बनाएका छन्।

सो गाउँपालिकाको वडा नं ३ का ३३ वर्षीय सागर सुवेदीले सोही स्थान बस्ने सरिता रेश्मी माथि कुटपिट गरेका हुन् । जिल्ला प्रहरी कार्यालय इलामका अनुसार सागरले २७ वर्षीय सरितालाई जङ्गलमा लगेर विष खुवाउन खोजेको तर नमानेपछि निर्घात कुटपिट गरेका थिए।

कुटपिटपछि घाइते सरितालाई उपचारका लागि जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि झापा लगिएको छ । सागरलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको बताइएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस