• २०८३ साउन २४ गते आइतवार

तारकेश्वरको ग्राम सेवा मा वि भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रम हुदैं

पढ्न लाग्ने समय : १ मिनेट

पौष १४, काठमाडौं । लायन्स क्लब इन्टरनेशल डिजास्टर रिलिफ फन्टद्धारा निमार्ण गरिएको तारकेश्वर तगरपालिका वडा नं. ६ मा रहेको ग्राम सेवा मा वि उद्घाटन तथा हस्तान्तर कार्यक्रम धर्मस्थलीमा हुने भएको छ । लायन्स क्लब इन्टरनेशल डिजास्टर रिलिफ फन्टले ८ कोठे भबन करीब २ करोड ८० लाखमा निर्माण गरेको हो ।

उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा इन्टरनेशन्ल भाइस प्रेसिडेन्ट लायन प्याट्टी हिल ,स्पेसलीस्ट क्लब चेयर पर्सन तथा नेपालका पुर्ब आइ डि लायन सन्जय खेतान, एलसिआइएफ एरिया लिडर लायन बाल कृष्ण बुर्लाकोटी ,डिस्टृक गबर्नर लायन इन्दु लम्साल, मल्टिपल जिएमटि कोअर्डिनेटर पिएमसिसि लायन राजन लम्साल, प्रथम भाइस गभर्नर लायन मन बहादुर रोक्का, ,द्धितिय भाइस गभर्नर लायन बिशेश्वोर आचार्य आदिको उपस्थितीमा हुने सिनियर एम्बेस्डर अफ गभर्नर लायन राजु चालिसेले जनाउनु भयो । कार्यक्रम ग्राम सेवा मा वि तार्केश्वर-६ धर्मस्थलीमा पौष १७ गते दिनको १:३० बजे हुनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस