पौष १४,काठमाडौँ । अभिनेत्री जाह्नवी कपुर अब फिल्म ‘मिस्टर लेले’मा बरुण धवनको साथमा काम गर्ने भएकी छन् ।

फिल्म ‘दोस्ताना–२’मा काम गरिरहेकी जाह्नवीलाई ‘मिस्टर लेले’मा अभिनेता बरुण धवनको अपोजिटमा अफर गरिएको थियो ।

यो फिल्मको लागि जाह्नवीलाई अफर गर्नुपूर्व अर्की अभिनेत्री कियरा अडवाणीलाई अफर गरिएको थियो । तर, डेट इस्युका कारण कियराले फिल्मबाट हात झिकेकी थिइन्, त्यसपछि जान्हवीलाई अफर गरिएको हो ।