मंसिर १४ बर्दिया । गुलरिया नगरपालिका-५ स्थित कृष्णसार रिसोर्टमा ‘समानताको पुस्ता, बलात्कार बिरुद्ध एक्यबद्धता’ भन्ने मूल नाराकासाथ ‘लैंगिक हिंसा बिरुद्ध हुने १६ दिने अभियान’ अन्तर्गत अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दिया सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा मानव बेचबिखन तथा लैंगिक बिभेद गर्न नहुने, यसको न्यूनिकरण गर्न आमनागरिक सचेत हुनुपर्ने लगायतका बिषयमा अन्तरक्रिया भएको थियो ।
मधुवन नगरपालिकाका उप-प्रमुख शुभरानी थारुको अध्यक्षतामा सम्पन्न उक्त अन्तरक्रियामा बढैयाताल गाउँपालिकाका उपाध्यक्ष दिपा गौतम, गुलरिया नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका शाखा अधिकृत शिला शाह, स्थानीय जनप्रतिनिधिहरु, माईती नेपालका प्रतिनिधि, ओरेक बर्दियाका प्रतिनिधि, समाजसेवीहरु, स्थानिय भद्रभलादमी, स्थनीय संचारकर्मी, महिला संजाल तथा सरोकारवालाहरु समेतको उपस्थिति रहेको थियो ।