- सागर थापा
मंसिर १४ दाङ । दाङको पश्चिममा भैरहेको उपनिर्वाचनमा एक सय १५ वर्षीय महिलाले समेत मतदान गर्नुभएको छ । बबई गाउँपालिका वडा नं. ७ निबासी १ सय १५ वर्षीय सेती बोटेले मतदान गर्नुभएको हो ।

मतदान स्थल सरस्वती मावि चरकमटियामा आएर उहाँले मतदान गर्नुभएको हो । विस. १९७९ साल चैत्र २७ गते जन्मिएकी बोटे जिल्लाकै सबै भन्दा जेठी मतदाताको रुपमा चर्चामा आउनुभएको छ ।