• २०८२ जेष्ठ ३० गते बिहिवार

भाइटीकाको दिन २ सय ३३ सवारी मापसे कारबाहीमा

पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक १३, काठमाडौं । काठमाडौं उपत्यकामा मङ्गलबार भाइटीकाको दिन ७ सय २१ सवारी ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार सबैभन्दा बढी मादक पदार्थ (मापसे) गर्ने सवारी चालक कारबाहीमा परेका छन् । ट्राफिक प्रहरीका अनुसार २ सय ३३ सवारी चालक मापसे कारबाहीमा परेका हुन् ।

यस्तै अन्य ट्राफिक नियमको पालना नगर्ने ४ सय ८८ सवारी चालकलाई पनि कारबाही गरिएको छ ।

मङ्गलबार उपत्यकामा ३२ सवारी दुर्घटना भए । ती दुर्घटनामा परी ३१ जना सामान्य घाइते भए भने एकजनाको मृत्यु भयो ।

काठमाडौँ उपत्यकामा मङ्गलबार १५ हजार ७८५ सवारी साधन भित्रियो भने उपत्यकाबाट १५ हजार ४८९ सवारी साधन बाहिरिएको ट्राफिक महाशाखाको भनाइ छ ।

ट्राफिक महाशाखाका अनुसार ७८ हजार ९०१ यात्रुहरु उपत्यका भित्रिए भने ७८ हजार ६५३ यात्रु उपत्यकाबाट बाहिरिए ।

प्रतिक्रिया दिनुहोस