असोज १३ इलाम । पूर्वसभामुख सुवास नेम्वाङले सोमबार इलामको तेस्रो जिल्ला सभाको उद्घाटन गर्दै वर्तमान संविधान जनता आफैँले निर्माण गरेको संविधान भएको बताएका छन् ।
उनले जनताको मन जितेर नै परिमार्जन गर्न सकिने बताए ।संविधान परिमार्जित भएकाले यसलाई जनताको मन जितेर कुनै पनि बेला संशोधन गर्न सकिने बताए । वर्तमान सरकार शासक र राजाले निर्माण गरेको नभई जनताले निर्माण गरेको हो । ठूलो प्रयास र लामो संघर्षपछि निर्माण भएको संविधान अहिले कार्यान्वयनको चरणमा रहेको नेम्वाङले बताए