• २०८२ असार ४ गते बुधवार

रेडियो बुढीनन्दाले आफ्नाे दोस्रो बार्षिक उत्सव मनायाे

पढ्न लाग्ने समय : २ मिनेट
  • धर्म सुनार, बाजुरा

जेष्ठ १६, बाजुरा । सामुदायीक रेडियो बुढीनन्दा ९६.५ मेगाहर्जले आफ्नो स्थापनाको दुई बर्ष पुरा गरी बुधबार देखि तेस्रो बर्षमा प्रवेश गरेको छ । तेस्रो बर्षमा प्रवेस गरेको अवसरमा रेडियो बुढीनन्दाले कोल्टीमा एक कार्यक्रमको आयोजना गरेको छ ।

रेडियो सञ्चालक समितिका अध्यक्ष सर्पलाल गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि बुढीनन्दा नगरपालिकाका नगरप्रमुख पदमकुमार गिरी रहनुभएको थियो । त्यस्तै बुढीनन्दा नगरपालिकाका उपप्रमुख सृष्टि रेग्मी, नेकपामा जिल्ला कमिटी सदश्य जनक बहादुर विष्ट, विशिष्ट अतिथि रहनुभएको थियो । विभिन्न वडाका वडाध्यक्षहरु, सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि, शिक्षक, कर्मचारी लगायत स्थानिय बासीको उल्लेख्य उपस्थिति रहेको सो समारोह कार्यक्रममा बोल्ने बक्ताहरुले रेडियो बुढीनन्दालाई आगामी दिनमा पनि जनताको आवाज बन्न सुभकामना ब्यक्त गरेका छन ।

सुभकामना मन्तब्य राख्दै अतिथिहरुले कोल्टी क्षेत्रको सञ्चार विहिनतालाई रेडियो बुढीनन्दाले अन्त्य गरेको र यस क्षेत्रको विकास निमार्ण तथा सुशासनमा खवरदारीको काम गर्न सकोस भन्नेमा सुभकामना ब्यक्त गर्नुभएको छ । कार्यक्रममा सुजन इङ्गीस बोर्डिङ माद्यामिक विद्यालय, हातेमालो बोर्डिङ र बुढीनन्दा बोर्डिङ स्कुलका विद्यार्थीहरुले विभिन्न नृत्यहरु समेत प्रश्तुत गरेका सो कार्यक्रममा रेडियोको बार्षिक प्रतिवेदन रेडियोका अध्यक्ष सर्पलाल गिरी र आर्थिक प्रतिवेदन कोषाध्यक्ष शंकर मल्लले प्रश्तुत गर्नुभएको थियो । सञ्चालक समितिका सचिव अनिल शाहीले सञ्चालन गरेको कार्यक्रमको स्वागत मन्तब्य रेडियोका प्रवन्धक नहकुल जोशीले गर्नुभएको छ । आफ्नो दोस्रो बार्षिक उत्सवका अवसरमा रेडियो बुढीनन्दाले बुढीनन्दा नगरपालिका, हिमाली, जगन्नाथ, स्वामीकार्तिक खापर र ताँजाकोट गाउँपालिकालाई सम्मान समेत गरेको छ ।

त्यस्तै उत्कृष्ठ कार्य गर्ने दुई जना कर्मचारी मध्य प्रबन्धक नहकुल जोशी र प्राविधिक प्रमुख जनक थापालाई समेत कदर पत्र प्रदान गरेको हो । साथै रेडियोलाई विभिन्न समयमा विभिन्न सहयोग गर्ने तीन वटा विद्यालयलाई समेत सम्मान गरेको छ । समापन समारोहलाई सम्बोधन गर्दै रेडियो बुढीनन्दाका अध्यक्ष सर्पलाल गिरीले आगामी दिनमा पनि रेडियोले स्थानिय तहहरु संग समन्वय गर्दै दिगो विकास र जनताका आवाजहरुलाई बुलन्द गर्दै जाने बताउनुभयो । रेडियो बुढीनन्दाले २०७४ जेठ १५ गते देखि प्रसारण शुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस