मंसिर १३ ,काठमाडौँ । आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।

आज सुन तोलामा ३ सयले बढेर छापावाला सुन ७१ हजार ३ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदी ५ रुपैयाँले बढेर प्रतितोला ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।