मंसिर १३,काठमाडौँ । आज फ्राइडे रिलीज अन्तर्गत हलमा ‘सरौतो’सँगै ‘लभ यु हमेशा’ र ‘मखमली मखमली’ पनि प्रदर्शनमा आएका छन् ।
गाईंको निर्देशन रहेको फिल्म ‘सरौतो’मा सन्नी सिंह, विजय लामा, युवराज लामा, आमिर गौतम लगायतका कलाकारको अभिनय रहेको छ ।
गाईंको निर्देशन रहेको फिल्म ‘सरौतो’मा सन्नी सिंह, विजय लामा, युवराज लामा, आमिर गौतम लगायतका कलाकारको अभिनय रहेको छ ।यस्तै आजैदेखि फिल्म ‘लभ यु हमेशा’ पनि प्रदर्शनमा आएको छ । भाष्कर प्रधानको निर्देशन रहेको फिल्ममा ऋचा सिंह, शिशिर राणा, गोपाल नेपाल, यशराज गराज लगायतका कलाकारको अभिनय रहेको छ ।
यस्तै फिल्म ‘मखमली मखमली’ पनि आजैदेखि प्रदर्शनमा आएको छ । राजु गिरीले निर्देशन गरेको फिल्ममा सुभेच्छा थापा, जयकिसन बस्नेत लगायतका कलाकारको अभिनय छ ।