• २०८३ बैशाख १० गते बिहिवार

दमौलीमा कारको ठक्करबाट एक युवतीको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

भदौ १२, तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ चुनपहरामा आज बिहान पर्यटक कारको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने १८ वर्षीया मनिषा परियार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बा १ य १३९७ नं को कारले पैदलयात्री परियारलाई ठक्कर दिए पछि सख्त घाइते उनको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । ठक्कर दिने कार र चालक प्रहरी नियन्त्रणमा छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस