- धर्म सुनार
भाद्र १२, बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिका वडा नं एक मटेलामा बिहिबार जिप पल्टिदा चालक सहित ४ जना घाइते भएका छन् । बिहान आठ बजे बाजुराको कोल्टी देखि धुलाचौर तर्फ जाँदै गरेको से १ ज १०६४ नम्वरको जिप मटेलाको ओरालोमा बे्रक फेल भएर सडक छेउमा विहान साडे आठ बजे तिर दुर्घटना भएको स्थानियले बताएका छन् ।
घाइते हुनेमा गाडि चालक रमेश शाहि, बाजुराको हिमाली गाउँपालिका वडा नं चारकी १७ बर्षिया सिर्जना कार्की, मुगुको खत्याड गाउँपालिका वडा नं १० ह्याङलुकी जनदेवु रोकाया र भारत सितामरी घरभएका भारतिय नागरिक २८ बर्षिया सुनिल शाह घाइते भएका इलाका प्रहरी कार्यालय कोल्टीका प्रहरी नायव निरीक्षक शेरवहादुर कुवरले जानकारी दिनुभयो ।
चालक सहित जिपमा ९ जना यात्रु रहेको प्रहरीले जनाएको छ । घाइते मध्य सिर्जना कार्की र जन्देवि रोकायालाई थप उपचारका लागी आजै नेपालगंञ्ज पठाइएको र दुईजनालाई रिफोर गरिसकेको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीले जनाएको छ ।