• २०८३ जेष्ठ १० गते आइतवार

२९० किलोमिटरसम्म मार हान्ने सक्ने मिसाइल परीक्षण गर्‍यो पाकिस्तानले

पढ्न लाग्ने समय : १ मिनेट

 

भदौ १२ इस्लामावाद,भारतले आफू प्रशासित जम्मु कस्मिरलाई विशेष मान्यता दिने संविधानको व्यवस्था हटाएको विषयलाई अन्तर्राष्ट्रियकरण गर्न प्रयास गरिरहेको आणविक शक्ति राष्ट्र पाकिस्तानले २९० किलोमिटरसम्म मार हान्न सक्ने मिसाइलको बुधबार राति परीक्षण गरेको हो।पाकिस्तानी सेनाका प्रवक्ता आसिफ गफुरले ट्वीटरमा जानकारी अनूशार जमिनबाट जमिनमा मार हान्न सक्ने घजनवी नामको उक्त मिसाइलको परीक्षण गरिएको हो।

मिसाइल परीक्षण सफल भएकोमा पाकिस्तानका राष्ट्रपति र प्रधानमन्त्रीले पाकिस्तानी परीक्षण टोलीमा बधाई दिएका छन्।उक्त मिसाइलले आफूसँगै केही हतियार पनि लैजान सक्छ।पाकिस्तानले गत मेमा सहिन २ र जनवरीमा नासर मिसाइलको परीक्षण गरेको थियो।

Sharing

प्रतिक्रिया दिनुहोस