बैशाख १६, सप्तरी । सप्तरी, सुरूङ्गा नगरपालिका वडा नं.५ का वडाअध्यक्ष सिल्टु मियाँले जग्गामा मोही छुटाउन घुस लिएका छन ।
जग्गामा मोही छुटाउन सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस मागि रहेको भन्ने सूचना को आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिइ गएको टोलीले वडाअध्यक्ष सिल्टु मियाँलाई पक्राउ गरेको हो । उनले सेवाग्राहीसँग रू.२५,०००।– घुस वापतको रकम लिइसकेको अवस्थामा सोही वडामा सञ्चालन गरेको काठ मिलबाट नियन्त्रणमा लिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले खवर ट्वान्टिफोर डटकमलाई जानकारी दिनुभयो ।