असार,१३ दैलेख । दैलेखका स्थानीय तहहरुले आगामी आर्थिक बर्षको नीति तथा बजेट गाउँसभा तथा नगरसभा मार्फत सार्वजनिक गरेका छन । कृषि, पर्यटन, शिक्षा र भौतिक पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राख्दै मंगलबार बजेट प्रस्तुत गरेका हुँन । ११ वटा स्थानीय तह रहेको दैलेख जिल्लाका ४ नगरपालिका र ७ गाउँपालिकाले प्राय यउटै खाले टुक्रे योजनाहरु समावेस गरेका छन । नारायण नगरपालिकाले ५० करोड २६ लाख ९५ हजार ,यस्तै दुल्लु नगरपालिकाले ६२ करोड २५ लाख ७२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
गुराँस गाउँपालिकाले ३५ करोड १६ लाख ७५ हजार ,भगवतीमाई गाउँपालिकाले ३८ करोड ८७ लाखको बजेट सार्वजनिक गरेको छ । त्यस्तैमहाबु गाउँपालिकाले ३४ करोड ३८ लाख , भैरबी गाउँपालिकाले ३३ करोड १२ लाख २१ हजार बरावरको बजेट सार्वजनिक गरेको छ । नौमुले गाउँपालिकाले पनि बजेट सार्वजनिक गर्न जनायो ।
योजना छनोट अलमलका कारण बजेट सार्वजनिकमा ढिलाई
दैलेखका चारवटा स्थानीय तहहरुले नीति तथा योजना सार्वजनिक गरेपनि कुन योजनामा कति बजेट छुट्याउँने भन्ने बिषयमा अलमलका कारण सार्वजनिकमा ढिलाई गरेका छन । जिल्लाका चामुण्डाबिन्द्रासैनी र आठबीस नगरपालिका तथा डुङगेश्वर र ठाटीकाँध गाउँपालिकाले बजेट बजेट समयमै सार्वजनिक गर्न नसकेका हुँन ।चामुण्डाबिन्द्रासैनी नगरपालिकाका,उप–प्रमुख तारा शाहीले४२ करोट बरावरको बजेट यहि असार २२ गते प्रस्तुत गर्ने बताईन । आठबीस नगरपालिकाले असार २९ गते करिब ४१ करोड भन्दा माथिको बजेट सार्जनिक गर्ने बताएको छ । ठाटीकाँध गाउँपालिका हाल सम्म पनि कुन योजनामा कति पार्ने भन्ने अलमलमै छ । प्रशासकीय अधिकृत बाबुराम नेपालीका अनुसार ठाटीकाँधले यहि असार १६गते बजेट सार्वजनिक गरिने छ । डुङ्गेश्वर गाउपालिकाले अझै सम्म मिति निर्धारण गर्न नसकेको गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर मल्लले बताए ।
यस्ता छन स्थानीय तहका नीति ,
सबै स्थानीय तहहरुले टुक्रे धेरै योजनाको मोहमै नीति तथा बजेट सार्वजनिक गरेको छन । समर्गमा सबै स्थानीय तहले पर्यटन र कृषि क्षेत्रलाई विशेष प्राथमिक्तामा समावेस गरेका छन । चामुण्डाबिन्द्रासैनी नगरपालिकाको ‘एक घर एक रोजगार’ तथा ५ सय जना युवालाई रोजगार दिने मुख्य नाराका साथ अघि बढ्ने नीति ल्याएको छ । नारायण नगरपालिकाले ‘नगरको समुन्नतिका आधार, शिक्षा, स्वास्थ्य, कृषी, पर्यटन र पूर्वाधार ’ भन्ने मुख्य नारा सहित नगरपालिकालाई समृद्धि तर्फ अघि लम्काईने जनाएको छ । आठबीस नगरपालिकाले ¥याप्टिङ्को लागि विशेष योजना अघि बढाएको उप–प्रमुख दिपा बोहोराले बताईन । ¥याप्टिङ्को निकै सम्भावना भएको नगरपालिका भएको कारण मुख्य प्राथमिक्तामा राखिएको हो । यस्तै ठाटीकाँध ,भैरबी , भगवतीमाई नौमुले गाउँपालिकाले एकै खाले साना–साना योजना ल्याएका छन भने महाबु गाउँपालिकाले थेगी नसक्ने योजनामा १ लाख २लाख बजेटको मोह देखाएको छ । दुल्लु नगरपालिकाले अवको एक दुई बर्षमै दुल्लुलाई पर्यटकीय क्षेत्रको रुपमा घोषणा गर्ने विषयलाई मुख्य रुपमा समेटदै वीगतमा देखिएको बेरुजिलाई कडाईका साथ लिईने नीति ल्याएको छ । यस्तै नौमुले , गुराँस गाउँपालिकाले होमस्टे स्थापना लगाएतका स–साना योजनाहरुलाई प्राथमिक्तामा राखेका छन ।