पौष ११, झापा । झापामा छुरा प्रहार गरी श्रीमती हत्या गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ ।
बिहीबार राति आफ्नी श्रीमती २८ वर्षीया तारामई हेमरनलाई धारिलो हतियार छुरा प्रहार गरी हत्या गरेको अभियोगमा शिवसताक्षी नगरपालिका-६ झापा बस्ने ३२ वर्षीय शंकर मुर्मुलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घरायसी विवादको कारण छुरा प्रहारबाट घाइते भएकी तारामईको प्राथमिक स्वास्थ्य केन्द्र शिबगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।
उक्त घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।