मंसिर ११, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कबाट बुटवल आउँदै गरेको बसको दुर्घटना भएको छ।
बुधबार दिउँसो लु २ ख २१४८ नम्बरको बस सन्धिखर्क नगरपालिका वडा नम्बर ६ कालाखोलामा घुम्तीबाट खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
बसमा कति जना सवार थिए र के कारणले दुर्घटना भएको अहिले थाहा नभएको र उद्धार भइरहेको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ ।