• २०८३ बैशाख ६ गते आइतवार

अध्यक्ष दाहालले देउवाको उटपट्याङले कांग्रेस इतिहास हुन सक्छ

पढ्न लाग्ने समय : २ मिनेट

मंसिर, ११  काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको  उटपट्याङले कांग्रेस इतिहास हुनलागेको बताएका छन ।

गत शनिबार पोखरामा आयोजित चुनावी सभामा देउवाले ‘भारतले ओलीसँग सल्लाह गरेर नक्सा जारी गरेको’ आरोप लगाएका थिए ।

आज पोखरामा भएको चुनावी सभामा बोल्दै अध्यक्ष दाहालले भने, ‘शेरबहादुरजी पोखरा आएर झुठो बोल्नुभयो । घाम लागेको बेला हत्केलाले सूर्य छेक्ने काम गर्नुभयो, ‘उहाँको बोलीले कास्की २ मा विद्या भट्टराईको जित सुनिश्चित भएको छ ।’

उनले प्रतिपक्षी दल राम्रो होस् भन्ने आफूले चाहेको बताउदै भने, ‘तपाईंहरू ओरालो लाग्नुभएको छ, कांग्रेस इतिहास होला। के कांग्रेस इतिहासको कथा बन्न चाहेको हो ?, ‘सल्लाहले नक्सा छापेको हो भन्दा लाजमर्दो कुरा हो । म कांग्रेसका साथीहरूलाई सुझाव दिन चाहन्छु, तपाईंहरू एकचोटी गहिरो गरी आत्मसमीक्षा गर्नुस्।’ कांग्रेस संविधान निर्माणको सहयात्री भएकाले साह्रै तल खसेको आफूले हेर्न नसक्ने समेत बताए ।

उनले भने, ‘झुठो बोल्न बेइमानी गर्न छोड्नुस् । होइन भने तपाईंहरू जसरी ओरालो लाग्नुभएको छ यही बुद्धि हो भने इतिहासमा नेपाली कांग्रेस थियो भन्ने ठाउँमा पुग्न बेर छैन। ‘गिरिजाबाबुले ल है नेपाल तपाईंको जिम्मा लगाएर जाँदैछु भनेको झलझली सम्झेको छु । अहिले शेरबहादुरजीले यस्तो उट्पट्याङ कुरा गरेर नेपाली जनतालाई उल्लु बनाउन खोजेको देखेर टिठ लागेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस