कात्तिक १०, काठमाडौं । सिन्धुपाल्चोकको लामोसाँघुमा रहेको विद्युत सबस्टेशनमा आगलागी भएको छ ।
नेपाल आर्मी, सशस्त्र प्रहरी नेपाल प्रहरी स्थानीय र चौतारा नगरपालिकाको दमकलको सहायताले आगलागी नियन्त्रण प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख, एसपी प्रज्वल महर्जनले बताए ।
सबस्टेशनमा रहेको तेलमा समेत आगलागी भएकोले नियन्त्रणमा कठिनाइ भएको उनले बताए ।
नियन्त्रणमा आइनसकेकोले आगलागीको कारण पत्ता लागेको छैन ।