• २०८२ जेष्ठ ३० गते बिहिवार

को को सवार थिए मन्त्री अधिकारी चढेको हेलिकप्टरमा ?

पढ्न लाग्ने समय : १ मिनेट

फाल्गुण १५ संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री रवीन्द्र अधिकारी चढेको एयर डाइनेस्टिको विमान दुर्घटना भएको हो ।

उक्त हेलिकप्टर ताप्लेजुङमा सम्पर्कविहीन भएको हो । गृहसचिव प्रेम राईले राज्यव्यवस्था समितिको बैठकमा दुर्घटनाबारे जानकारी गराए। उक्त हेलिकप्टर सम्पर्कविहीन भएको बताइएको छ। मन्त्रीसहित ६ जनाको टोली पाथिभरा मन्दिर दर्शन गरेर चुहान डाँडा एयरपोर्ट निरिक्षणका लागि जाँदै गर्दा दुर्घटना भएको हो ।

दुर्घटना परेको हेलिकप्टरमा पर्यटन मन्त्री अधिकारी, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, प्रधानमन्त्रीका सरकारी स्वकीय सचिव युवराज दाहाल र अर्जुन गुरुङसहित ६ जना सवार रहेका बताइएको  छ।

प्रतिक्रिया दिनुहोस