• २०८३ बैशाख ७ गते सोमवार

धरानमा श्रीमानको मुडकी प्रहारबाट श्रीमतीको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

पौष १०,धरान । धरानमा श्रीमानको मुडकी प्रहारबाट श्रीमतीको मृत्यु भएको छ ।

पौष ९ गते साझको लगभग ८:३० बजेतिर सुनसरीको धरान उपमहानगरपालिका वडा नम्वर १५ सहिदमार्ग बस्ने ४३ बर्सीय काजिमान राईले आफ्नै श्रीमति ३६ बर्ष कि रमिला राईको हत्या गरेका हुन । श्रीमान श्रीमती विच भएको घरायसि विवादमा काजिमानले मुड्कीले अनुहार लगायत शरिरका बिभिन्न भागमा कुटपिट गर्दा श्रीमती घाईते भएकी थिइन ।

भारतीय सेनामा कार्यरत राइ १५ दिनको लागि छुट्टीमा आएको र यही शनिवार भारत फर्कने तयारी गर्दै गरेको पारिवारिक स्रोतले जनाएको छ । दिनभर धरान बजार किनमेल गरेर घर फर्किएका उनीहरूबीच ८ बजेतिर विवाद चर्किएको थियो । किनमेलपछि दुवैजना मापसे गरेर घर फर्किएको प्रारम्भिक अनुसन्धान बाट खुलेको छ ।

। विवाद बढ्दै गएपछि काजीमानले मुड्कीले रमिलाको कोखामा प्रहार गरेका थिए । मुडकी प्रहार बाट घाइते रमिलालाई उपचारको लागी धरान स्थित वी पी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपामा उपचारको क्रममा साझ ८:४५ बजे मृत्यु भएको भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस