पौष, १० काठमाडौँ । लकडी चोरी मुद्दामा फरार भएका एकजना अभियुक्त २५ वर्षपछि पक्राउ परेका छन् ।

बुधबार बाराको कोल्हवी नगरपालिका-३ का गौरी शंकर चौधरीलाई घटना भएको २५ वर्षपछि इलाका प्रहरी कार्यालय कोल्हवीको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
तत्कालीन पुनरावेदन अदालत हेटौंडाको वि.स. २०५० फागुन १९ गतेको फैसलाले चौधरीलाई चोरी मुद्दामा २ महिना कैद र ९२३ रुपैयाँ जरिमाना ठहर गरेको थियो । त्यसपछि उनी फरार भएका थिए ।
चौधरीलाई प्रहरीले जिल्ला अदालत बारामा सजाय भुक्तानीका लागि कारागार पठाएको छ ।