काठमाडौँ, १० पौष । आज बिहीबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ ।

आज सुन स्थिर रहँदै छापावाला सुन७२ हजार ८ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७२ हजार ५ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदी ५ रुपैयाँले बढेर प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।