• २०८३ बैशाख १० गते बिहिवार

रौतहत घटना र बर्तमान राज्य संयन्त्रले बुझ्नुपर्ने कुराहरु

पढ्न लाग्ने समय : ५ मिनेट
  • खिमराज गिरी

शुक्रवार एक राष्ट्रिय दैनिकको नवौ पृष्ठमा रौतहट बम विष्फोट प्रकरण मूख्य शिर्षक राखेर ”राज्यपक्षकै संलग्नतामा प्रमाण नष्ट” शिर्षकको दर्दनाक लेख पढि केहि नलेखिरहन सकिन । हुन त नेपाल सदियौंकालदेखि कुनै न कुनै समय राजनैतिक खिचातानी र केहि सामाजिक वेमेलका घटनाहरुलाई लिएर द्धन्द्धमा फस्दै आइरहेको थियो र माओवादी द्धन्द्धकालमा म आफै पनि राज्यपक्षबाट धेरै घटनासँग सम्बन्धित मानिस हुँ र तत्कालिन समयमा घटेका प्रायः घटनाहरुसँग म पनि प्रत्यक्षदर्शी थिएँ र त्यो समयको द्धन्द्ध भनेको राज्यको व्यबस्था परिवर्तन गर्ने भन्ने नै थियो तर जव माओवादी द्धन्द्ध सकियो र राज्य र विद्रोही पक्ष वार्तामा आए तव विभिन्न चरणका वार्ताहरुका माध्यमद्धारा समस्याको समाधान गरिदै आइयो र संविधान सभाको चुनाव पनि नजिकियो ।

सो संविधान सभाको निर्वाचन हुनुभन्दा अघिल्लो दिन रौतहट जिल्लाको फरहदवामा तात्कालिन संविधान सभाका प्रत्यासी उम्मेद्धवार तथा हालका संसद मोहम्मद अफताव आलमको प्रत्यक्ष संलग्नतामा राजनैतिक प्रतिशोध र प्रतिनिधि सभामा विजय हासिल गर्ने उद्येश्यका साथ विपरित राजनीतिक आस्थाका साथै आप्mनै घाइते कार्यकर्ताहरुसहित करिव २१ जना व्यक्तिहरुलाई जिउँदै आगोको भुँग्रोमा हालि तड्पाई तड्पाई मार्न लगाइयो । उक्त घटनालाई तत्कालिन राज्य पक्षकै संलग्नता रहेको पाइएको र पीडितहरुले पनि वारम्वार न्यायको ढोका घच्घच्याउँदा समेत वल्ल तल्ल समय र परिस्थितिले कोल्टे फेर्यो र घटना भएको करिव १२ वर्ष पश्चात् सो घटनाका मूख्य दोषी हाल प्रतिनिधि सभाका संसद मोहम्मद अफताव आलमलाई केहि हप्ता अगाडि मात्र राज्यले हिरासतमा राखि हाल घटनासँग सम्बन्धित विभिन्न व्यक्तिहरुलाई वयान लिने क्रम जारी छ ।

उक्त शिर्षकको लेख र विगत केहि दिनदेखिका समाचार माध्यमहरुबाट प्राप्त जानकारीअनुसार उक्त समयमा केहि घाइते व्यक्तिहरुले ”मलाई नमार, म आपैm उपचार गर्छु ” भन्दा पनि जिउँदै आगोमा हालि विभत्सतरिकाले हत्या गरियो । यति मात्र होइन कि राज्य संयन्त्रका प्रहरीहरुद्धारा नै स्कटिङ्ग गर्दै लगिएकाले सुरक्षाकर्मीले शक्ति र सत्ताको आडमा माथिको आदेश पालना गरि पीडित व्यक्तिहरुलाई निर्मम तरिकाले आगोको भुँग्रोमा लगिएको, घटना घटिसकेपछि प्रमाण नष्ट गर्ने काम राज्यपक्षका प्रहरी प्रशासनद्धारा नै भएको, पीडितका परिवार जाहेरी दिन जाँदा उल्टो धम्की दिई रोक्सनालगाएत अन्यलाई पनि मारिएको, बाँकि रहेका व्यक्तिहरु जो आलमका विरोधिहरु छन् ती डर र त्रासको जिग्दगी विताइरहेका भन्ने खवर विभिन्न पत्र पत्रिकाहरुमा उल्लेख भएको छ । यसरी आजको २१ औं शताब्दिमा आएर पनि सत्ता, शक्ति र विहारी डनवादको हावी प्रकट गरी सिधासाधा गाउँलेहरुलाई भोटको प्रलोभनमा पारी सत्तामा आउने यस्ता पापिष्ठ मतियारहरुलाई नेपाली जनताले कदापी बाँकि राख्ने छैनन र अहिलेको राज्य पक्षबाट राम्रो काम गरेर पीडकलाई हिरासतमा राखि पीडितपक्षलाई न्याय दिलाउने काम भइरहेको छ त्यो एकदम सह्रानिय छ । तर नेपाली जनतामा अभैm पनि के शंका छ भने कतै ती पापिष्ठहरु जो तत्कालिन समयका गृहमन्त्री, प्रहरी प्रमूख, जिल्ला प्रशासन प्रमूख, सो फिल्डका प्रहरी प्रमूखहरु, सत्ताको आडमा भरौटे बनेकाहरु सवैले उन्मुक्ति पाउने त होइनन् ! यदि तत्कालिन समयका दोषी सवै व्यक्तिले उन्मुक्ति पाए भने हामी जनताले राज्य र राज्य संचालन गर्ने विभिन्न अंगहरुलाई कसरी विश्वास् मान्ने त ? भनिएको र बुझिएको, हालसम्म घटेका विभिन्न घटनाहरुबाट हाम्रो समाजमा के पाइएको छ भने अपराधको कुनै वाद हुँदैन, न त जात र धर्म नै हुन्छ, अनि न त कुनै कर्म, खालि अर्कालाई मर्म मात्र, अनि कुनैपनि अपराधलाई राजनीतिकरण गरियो भने सम्झनुहोस् त्यहाँ न्यायको सहि मार्गको परिचय गुमेर मरिसकेको हुन्छ र त्यहाँ अपराध मौलाउँछ, मर्ने मरेर गइसक्यो तर आफन्त बहुलाउँछ, तर सत्ता र भत्ताको मात लागेकाहरु आलमजस्तै खुलेआम शिर ठाडो पारेर हिड्छन् ।

यस्तै छ पापी संसार ! अन्तमा धन भएका डनहरु, ती पापिष्ठ मनहरु मिलेपछि अनि कानुन र तिनका पुजारीहरु नै किनेपछि किन नरुउन त ती रुक्सनाका आत्माहरु ? अझ आज भर्खरमात्र प्राप्त समाचारअनुसार आलम समर्थित अन्धभक्तहरु रौतहटमा मुखमा कालोपट्टी बाँधेर प्रर्दशन गरेका छन् रे । यसरी व्यक्तिको ज्यानलाई पार्टीको तागाधारीरुपमा धारणा गरेर गरेको आन्दोलनको कुनै तुक छैन र हुँदैन पनि यदि यसरी संरक्षण गर्ने नै हो भने सरकारले आप्mना दोषी सांसदलाई पनि त गथ्र्यो होला अनि किन महरालाई वचाउन नसकेको ? यदि पक्षपात गरेको भए महरा पनि त उम्किन्थेहोलान् ! तसर्थ उक्त घटनासँग सम्बन्धित सम्पूर्ण व्यक्तिहरुलाई कारवाहीको दायरामा ल्याएर पीडित पक्षलाई न्याय दिलाउने दायित्व आज यो सरकारको काँधमा आएको छ र अहिलेको राज्य पक्षले पनि के कुराको विचार गर्नुपर्ने हुन्छ भने गत भदौ महिनामा चीनका राष्ट्पति सि चिनफिङ्गको नेपाल भ्रमणमा उनले दिएका सन्देशहरुलाई आत्मासाथ गरी जसरी उनले त्यो विशाल चीनमा शासन संचालन गर्दा आम जनतालाई कानुनी राज्यको प्रत्याभूती दिलाई असल शासक बनि कानुन र भ्रष्टाचार विरोधि अभियान नै संचालन गर्दै आप्mनै पार्टीका पनि करिब १२ लाख उच्च पदाधिकारीहरु र उच्च कर्मचारीहरुलाई कारवाहीको दायरामा ल्याई विशाल चीनलाई विकासको अग्रपक्तिमा ल्याएरै छोडे त्यसरी नै अहिलेको ने.क.पा.को सरकारले पनि जुनसुकै पार्टीका कार्यकर्ता, हुक्के, बैठके, चम्चे, डन आदि जो सुकै भएपनि यस्ता आलमजस्ता अमानविय तस्करीको खोल आडेका पापिण्ठ रावणको कर्मकाण्डमा रमाउने भतौरेहरुलाई कानुनी प्रकृयाअन्तर्गत नै रहेर कारवाहीको दायरामा ल्याउन सक्नुपर्दछ र यदि कुनै पनि व्यक्तिले शक्ति र सत्ताको मातमा पार्टीको खोल ओढि सिंगो पार्टी र सरकारलाई नै वदनाम गराउन खोज्छ र सरकार या कुनैपनि पार्टीले त्यसको सुरक्षाको लागि दैनिक सडक आन्दोलनमा कार्यकर्ताहरु पठाउँछ भने यो भन्दा निर्लज्जताको पराकाष्ठा यो देशको गणतन्त्रमा अरु के हुनसक्छ ।

त्यसैले आज आलम त एक प्रतिनिधि पात्र मात्र हुन् यो देशका । आलमजस्ता विदेशी दलाल, पुजिपतिहरुले यो देशलाई कमिसनको खेलमा हरेक उद्योग धन्दाहरुलगाएत व्यपार विजिनेसको नाउँमा कमिसनको खेल खेलि हामी सर्वसाधारण मानिसहरुको रगत र पसिनाको मूल्य चुकाईरहेको अवस्था छ । तसर्थ यस्ता जुकाहरु जो राज्य संयन्त्रमा वसेर पनि जसलाई वचाउने प्रयत्न गरे र जुन व्यक्तिहरुद्धारा ती निर्दोष जनहरुलाई जिउँदै आगोको भुँग्रोमा हालि मारीयो ती सवैलाई हदैसम्मको कारवाही गरिएन र फेरि पनि राजनीतिक सौदावाजीको शिकार ती पीडित पक्षहरु भएभने यो देशको न्यायको कुनै अर्थ रहँदैन ।

लेखक गिरी खबर 24 नेपाल डटकमको काठमाडौं समाचारदाता समेत हुनुहुन्छ ।
काठमाण्डौं
९८५११९२०८८

Sharing

प्रतिक्रिया दिनुहोस