• २०८३ असार ५ गते शुक्रवार

रियलका रोड्रीगो ब्राजिलियन टोलीमा, नेयमार परेनन्

पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ९, काठमाडौं । रियल म्याड्रिडका युवा फरवार्ड रोड्रीगो पहिलोपटक ब्राजिलियन राष्ट्रिय फुटबल टोलीमा परेका छन् । प्रशिक्षक टिटेले मैत्रीपूर्ण खेलका लागि घोषणा गरेको टोलीमा नेयमार भने चोटका कारण विश्राम दिएका छन् ।

ब्राजिलले मैत्रीपूर्ण खेल अन्तर्गत नोभेम्बर १५ मा साउदी अरेबियामा हुने खेलमा अर्जेन्टिनाको सामना गर्दैछ । त्यसको ४ दिनपछि नै ब्राजिलले आबुधबीमा हुने खेलमा दक्षिण कोरियासँग खेल्नेछ । प्रशिक्षक टिटेले ब्राजिलियन लिगमा खेल्ने कुनै खेलाडीलाई टोलीमा राखेका छैनन् । ब्राजिलियन लिगको अन्तिम चरण चलिरहेको कारण उनले युरोपेली लिगका अधिकांश खेलाडी समेटेका हुन् ।

टोलीमा एस्टन भिल्लाका डग्लस लुइज पनि पहिलो पटक टोलीमा समेटिएका छन् । रोमाका गोलरक्षक ड्यानीएल फुजातो र रियल बेटिसका डिफेन्डर एमरसन पनि टोलीमा पहिलोपटक रहेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस