कात्तिक ९, रुपन्देही । शिक्षा बिकास निर्देशनालय प्रदेश नं. ५ बुटवल रुपन्देहीमा कार्यरत सव-ईन्जिनियर (करार) सन्दिप पौडेल र जे.सि.भी. चालक बिक्रम बस्नेत घुस रकम सहित नियन्त्रणमा लिईएको छ ।
शिक्षा बिकास निर्देशनालय प्रदेश नं. ५ बुटवल रुपन्देहीमा कार्यरत सव-ईन्जिनियर (करार) सन्दिप पौडेलले विद्यालयको भवन निर्माण कार्य सम्पन्न भई अन्तिम किस्ता वापतको बाँकी रकम बिद्यालयको खातामा निकासा गर्ने सिलसिलामा बिभिन्न बहाना बनाई सेवाग्राहीसँग पटक-पटक घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले निज सन्दिप पौडेल र रकम लिन मतियारको रुपमा प्रयोग गरेका जे.सि.भी. चालक बिक्रम बस्नेतले सेवाग्राहीबाट रु.१,२०,०००।–(अक्षेरुपी एकलाख बीस हजार) घुस/रिसवत लिईसकेको अवस्थामा उनिहरुलाई बुटवल उप-महानगरपालिका वडा नं. २, स्थित उजिरसिंह टोलबाट घुस/रिसवत वापत लिएको रकम सहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।