• २०८२ जेष्ठ ३२ गते शनिवार

मेडिकल क्षेत्रमा सुधारको अपेक्षा

पढ्न लाग्ने समय : ३ मिनेट
  • खिमराज गिरी

सरकारले ढिलै भएपनि राष्ट्यि चिकित्सा शिक्षा आयोगको कार्यकारी उपाध्यक्ष पदमा लामो समयदेखि चिकित्सा क्षेत्रमा कार्यरत हार्ड जोर्नी विशेषज्ञकोरुपमा परिचित प्रा.डा.श्रीकृष्ण गिरीलाई विहीवार वसेको मन्त्री परिषदको बैठकले नियुक्ति गरेसँगै अव यस क्षेत्रमा लामो समयदेखि छाएको अन्योलताको अन्त्य होला कि भन्ने आम सर्वसाधारण जनतामा आशा पलाएको छ ।

प्रा.डा.गिरी लामो सयमदेखि नै चिकित्सा क्षेत्रमा आम नेपाली जनतालाई जस्तोसुकै परिस्थितिमा पनि हर समय सहयोगी हातहरु अगाडि बढाउने चिकित्सककोरुपमा चिनिनुहुन्छ । बास्तवमा नेपाल धनीहरुको गरीब देश हो तर करिब साठी प्रतिशत जनताहरु आफ्नो घरायसी समस्यासँग अझ भनौं स्वास्थ्यको पहुचबाट टाढै छन् । एउटा गरीबको घरमा कोहि गम्भीर प्रकृतिको विरामी भई अस्पत्तालमा भर्ना भयो भने उसको अन्तिम इच्छा र बाध्यता भनेको मृत्यु नै हो किनकी उसमा मृत्युसँग लडन सक्ने पैसा हुँदैन न त धनी देसहरुमा जस्तो सरकारले नै गरीवहरुको लागि गास, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको अवसरहरु जुटाउन सक्छ ।

एउटा धनीको छोरो प्रशस्त पैसा भएको कारणले उ डाक्टर, इन्जिनियर, पाइलटको लागि पढ्न योग्य हुन्छ तर पछि जनताको सेवा गर्ने अवस्थामा भने विरामीको अप्रेशन गर्दा कुनै कुनै डाक्टरहरुले गलत उपचार गर्दा विरामीको ज्यानसमेत जोखिममा परेको उदाहरणहरु प्रशस्तै छन् अनि इन्जिनियरले घर, पुल वनाउँदा समय नवित्दै जीर्ण अवस्थामा हुन्छन् ती भवन तथा पुलहरु तर त्यहि गरिवको छोरोले पढ्ने मौका पाएको भए आज नेपालका हरेक क्षेत्रमा कार्यरत पदाधिकारीहरुको यो दुरावस्था हुँदैन्थ्यो होला ।

गत हप्ता मात्र नेपालगञ्जको एक अस्पत्तालमा डाक्टरले एक उपचारार्थ वच्चालाई मृत घोषणा गरे तर वच्चालाई अन्त्यष्टिको लागि तयारी गर्दा समाधिस्थलमा बच्चा रोयो ! यो एउटा प्रतिनिधिमुलक घटना मात्र हो ।

यस्ता लापरवाहीले अस्पत्तालमा उपचार गर्न आउने मानिसहरुलाई डर र त्रासको वातावरण पैदा हुनु स्वभाविकै हो तर एक अर्धदक्ष डाक्टरको लापरवाहीको पराकाष्ठालाई कसरी स्वभाविकरुपमा यसरी नै राजनैतिक आस्था र प्रतिष्ठाको भरमा उसको कमि कमजोरीहरुलाई लुकाइराख्नु औचित्यपूर्ण छ, प्रश्न यहाँनिर आउँछ । तर पहाड, मधेश तथा हिमालमा बसोबास गर्ने जनुसुकै समुदायका मानिसहरुसँग पनि घुलमिल गर्न सक्ने, आम सर्वसाधारण जनताहरुसँग परिचीत एक असल, नैतिकवान र इमान्दारिताका धनी तथा पेशागतरुपमा दक्ष व्यक्तित्वलाई राष्ट्यि चिकित्सा शिक्षा आयोगले एक कार्यकारी उपाध्यक्षकोरुपमा पाएको छ र पक्कै पनि उहाँले आम सर्वसाधारण मानिसहरुको पौच यस क्षेत्रमा पुर्याउन सरकारलाई सहयोग पुर्याउनुहुनेछ ।

आशा गरौं, अवका दिनहरुमा कोहि पनि व्यक्तिहरुलाई उपचारविना अस्पत्ताल र सडकका पेटीहरुमा छट्पटीएर मृत्युको अन्तिम पर्खाइमा रुग्न पर्नेछैन, अनि ती मेडिकल माफियाहरु ”जो रातदिन जनताको रगत र पसिनामा व्यपारको होली खेलिरहेका छन्” लाई पनि निश्चित सरकारी मापदण्डअनुसार मेडिकल संचालन गर्ने र अवैधरुपमा औषधिको खेति गरी चिकित्साजस्तो संवेदनशिल क्षेत्रमा पनि भैंसीको व्यपार गरेजस्तै नक्कली प्रमाण पत्रको किनवेच गर्ने विचौलियाहरुको पनि अन्त्य हुनेछ भन्ने अपेक्षा आम जनताले गरेका छन् ।

  • मध्यनेपाल नगरपालिका २ , लमजुङ्ग ,हाल काठमाण्डौ
प्रतिक्रिया दिनुहोस