• २०८३ कार्तिक २१ गते शुक्रवार

बाजुरामा उपचारको क्रममा मृत्यु भएकी सुत्केरीको तिन दिन पछि आफन्तले बुझे शव

पढ्न लाग्ने समय : २ मिनेट
  • धर्म सुनार, बाजुरा समाचारदाता

बाजुरा भाद्र ९ । बाजुरामा उपचारको क्रममा मृत्यु भएकी सुत्केरी महिलाको शव तिन दिन पछि आफन्तले बुझेका छन् । बाजुरा जिल्ला अस्पतालमा शुक्रबार राति सुत्केरी हुन आएकी बसन्ती नेपालीको उपचारको क्रममा शनिबार मृत्यु भएको थियो ।

बडिमालिका नगरपालिका वडा नं. ७ की २१ बर्षिया बसन्तीको आफन्तले स्वास्थयकर्मीको लापरबाहिले मृत्यु भएको भन्दै दुई दिनसम्म शव बुझेका थिएनन् । मृतककी दिदी अनिशा बाजुरालीले अस्पतालमा स्वास्थ्यकर्मीको लापरवाहिले नै बिहिनीको मृत्यु भएको बताइन । मेरी बहिनीको मृत्यु बरु संयोग मात्र होला त्यो मान्न सक्छौँ तर स्वास्थ्यकर्मीको लापरवाहीका कारण धेरै दिदी बहिनीहरुको ज्यान गएको छ यसमा जिल्ला अस्पताल सम्वेदनशील हुनुपर्छ उनले भनिन्न ।

उपचारमा संलग्न स्वास्थ्यकर्मी, पीडित परिवारका आफन्त र अन्य सरोकारवालाको उपस्थितिमा लिखित सम्झौता भएको प्रमुख जिल्ला अधिकारी गंगाप्रशाद न्यौपाने बताउनु भयो । घटनाप्रति समवेदना व्यक्त गर्दै यसपछिका दिनहरुमा घटना हुन नदिन जिल्ला अस्पताल सम्वेदनशील हुने उक्त सम्झौतामा उल्लेख छ । अत्याधिक रक्तश्रावले पाठेघर र सालको बीचबाट रगत बगेको कारण बसन्तीको मृत्यु भएको अस्पतालले जनाएको छ ।

बच्चा जन्मदा निस्कने पानी मुटु, फोक्सो र रगतमा मिसिएपछि श्वास फेर्ने नलिनै बन्द भएकोले सुत्केरीको मृत्यु भएको जिल्ला अस्पताल बाजुराका एमडिजीपी डाक्टर दुर्गा महर्जनले बताए । स्वास्थ्यकर्मीले साउन २६ गते देखि २ गतेसम्म सुत्केरी हुने समय तोेकेको र दुई गते जिल्ला अस्पताल आएर वेडमा भर्ना हुनु पठाएको र वेडमा भर्ना नभएर घर गएको र ढिलो गरी अस्पताल आएकोले यस्तो समस्या आएको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस